Section 125
काम कारबाही बदर नहुने
बैंक वा वित्तीय संस्थाको सञ्चालकको नियुक्ति वा सञ्चालक समितिको गठनमा कुनै अनियमितता भएको वा कुनै सञ्चालकको पद रिक्त रहेको कारणले मात्र सञ्चालक वा सञ्चालक समितिले गरेको कुनै काम कारबाही बदर हुने छैन ।